इरानी प्रतिनिधिद्वारा कोप–२८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध « Khabarhub

इरानी प्रतिनिधिद्वारा कोप–२८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन् ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले कोप २८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देशविपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको बताएका छन् ।

इजरायल र हमासबीच सात दिने युद्धविराम समाप्त भएको र गाजामा अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि गरेको घातक आक्रमणपछि दुई देशबीचको शत्रुता पुनः सुरु भएको केही घण्टापछि यो कदम चालिएको हो ।

इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने इरनाले बिहीबार जानकारी दिएको थियो ।

करिब २०० देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ, तर अहिले आठौं हप्तामा चलेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई छायाँमा पारिरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाहयानले गत जुनमा इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानसँगको वार्तामा इरानी राष्ट्रपति इब्राहिम रायसीलाई कोप–२८ मा सहभागी हुन निमन्त्रणा दिएका थिए ।

तर इरानी राष्ट्रपतिले ‘यहूदी शासन रहेको इजरायलका अधिकारीहरूको निमन्त्रणाका कारण’ उपस्थित नहुने निर्णय गरेको समाचार एजेन्सी ‘इरना’ ले जनाएको छ ।

तर इरानी राष्ट्रपतिले यहूदी शासन (इजरायल)का अधिकारीहरूको निमन्त्रणाका कारण’ उपस्थित नहुने निर्णय गरेको इरानी अधिकारीलाई उद्धृत गरी ‘इरना’ले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री नाहयानले गत जुनमा इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानसँगको वार्तामा इरानी राष्ट्रपति इब्राहिम आफ्ना इरानी समकक्षी अमिर अब्दोल्लाहियानसँगको टेलिफोन वार्तामा भने, ‘यस बैठकमा इजरायलको कथित ‘युद्ध अपराध र नरसंहार’ को अवस्थामा उपस्थिति हुनु गम्भीर विचारणीय भएको छ ।’

प्यालेष्टिनी इस्लामिक शसस्त्र समूह (हमास)का लडाकुहरूले गत अक्टोबर ७ मा इजरायलसँग जोडिएको गाजाको सीमा पार गरी करिब एक हजार २०० जनाको हत्या गरेका थिए र करिब २४० जनालाई बन्धक बनाएका थिए भने बदलामा इजरायलको बमबारी अभियान र स्थलआक्रमणबाट प्यालेस्टाइनी क्षेत्रमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको प्यालेष्टिनी सरकारले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : २४ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ