साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ  « Khabarhub

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ 

सयौँ नेपाली पक्राउ, जेल अवधि समाप्त गरेपछि डिपोर्ट गरिने



दोहा – साउदीले गैर कानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १५ हजारभन्दा बढी आप्रवासी पक्राउ छन्। एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३२८ जना पक्राउ परेका हुन्।

साउदीको गृह मन्त्रालयका अनुसार २२ देखि २८ डिसेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ८ सय ८, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार ३८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ८२ रहेका छन्।

राज्यमा सीमा पार गर्न खोज्दा ५५२ व्यक्तिहरू पक्राउ परेका थिए। तीमध्ये ४८ प्रतिशत यमनी, ४७ प्रतिशत इथियोपियाली र ५ प्रतिशत अन्य राष्ट्रियताका थिए। त्यसैगरी ११६ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्ये कानुन उल्लङ्घन गरी ओसारपसार गर्ने र आश्रय दिने १० जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने गृह मन्त्रालयले जनाएको छ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिए पछि लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेको छ। त्यस क्रममा गैर कानुनी रूपमा बसेका सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ०९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको