साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ  « Khabarhub

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ 

सयौँ नेपाली पक्राउ, जेल अवधि समाप्त गरेपछि डिपोर्ट गरिने



दोहा – साउदीले गैर कानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १५ हजारभन्दा बढी आप्रवासी पक्राउ छन्। एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३२८ जना पक्राउ परेका हुन्।

साउदीको गृह मन्त्रालयका अनुसार २२ देखि २८ डिसेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ८ सय ८, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार ३८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ८२ रहेका छन्।

राज्यमा सीमा पार गर्न खोज्दा ५५२ व्यक्तिहरू पक्राउ परेका थिए। तीमध्ये ४८ प्रतिशत यमनी, ४७ प्रतिशत इथियोपियाली र ५ प्रतिशत अन्य राष्ट्रियताका थिए। त्यसैगरी ११६ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्ये कानुन उल्लङ्घन गरी ओसारपसार गर्ने र आश्रय दिने १० जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने गृह मन्त्रालयले जनाएको छ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिए पछि लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेको छ। त्यस क्रममा गैर कानुनी रूपमा बसेका सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ०९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल