नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन « Khabarhub

नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।

नगरपालिकाका पर्यटन सूचना केन्द्र प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरूप शुल्क समायोजन गरेको बताए । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको पाँच सय शुल्क भने यथावतै राखिएको  र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८०० लिने निर्णय भएको उनले बताए। 

प्रमुख लासिवाले भने, ‘नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई फष्ट जनवरीदेखि लागू गरेका हौँ डरलको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा एक हजार आठसय लिने निर्णय भएको छ ।’

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : ५६ बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि