व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन | Khabarhub Khabarhub

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु-व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उनले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले सार्वजनिक सुरक्षा अमनचैन कायम गर्न र संगठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको सङ्गठनमा सधैँ खाँचो रहने बताए। प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे ।

उनले निर्वाचन सफलरूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसालगायतका अपराध निस्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्ने बताए । प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाका क्रममा निष्ठापूर्वक गरेका काम-कारबाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनको भनाइ थियो । 

बैठकको सुरुआतमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ३७ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा