हाया कार्डधारीले अझै एक वर्ष कतार आउजाउ गर्न पाउने « Khabarhub

हाया कार्डधारीले अझै एक वर्ष कतार आउजाउ गर्न पाउने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार विश्वकप २०२२ को समयमा हाया कार्ड लिएकाहरूले अर्को बर्ष २०२४ जनवरीसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने भएका छन्।

फिफा विश्वकप फुटबलको समयमा विदेशी नागरिकलाई कतार प्रवेश गर्न प्रदान गरिएको हाया कार्डको अवधि बढाइएको हो। गत बर्ष २० नोम्बेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा भएका विश्वकप अवधिभरका लागि जारी गरिएको हाया कार्डको वैधताको अवधि २०२४ जनवरीसम्म कायम गरिएको  कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विश्वकपको समयमा लिएको हाया कार्ड भनेको कतारको भिसा (प्रवेश अनुमति पत्र) हो। यो कार्ड भएकाहरूलाई होटेल तथा बस्ने खाने व्यवस्था गरेको प्रमाण साथमा हुनुपर्छ । त्यसैगरी परिवारका सदस्य वा साथी लैजान परेमा भने त्यसको जानकारी कतारको सम्बन्धित निकायलाई गराउन पर्नेछ।

हाया कार्ड हुनेहरूको राहदानीको अवधि दिन महिनाभन्दा बढीको हुनु पर्छ भने कतार बस्दासम्मका लागि जीवन बिमा गरेको हुनुपर्छ। साथमा स्वदेश फर्कने टिकट पनि हुनुपर्छ। हाया कार्ड भएकाहरूले तीन जनासम्म परिवारका सदस्यहरूलाई कतार घुम्न बोलाउन सक्नेछन्।

यसैगरी, फेब्रुअरी १ देखि भिजिट भिसामा कतार आउँदा अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्नुपर्ने भएको छ। कतार सरकारले अनिवार्य गरेको स्वास्थ्य बिमाको नयाँ नियम अनुसार कतार आउनुअघि सरकारले मान्यता दिएको एजेन्सीमार्फत बिमा गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य बिमाको शुल्क ५० कतारी रियाल तोकिएको छ। भिजिट भिसाको क्रममा रहेका पर्यटकले कतार बसाइको समयमा आवश्यक परेमा निशुल्क उपचार पाउने व्यवस्था गरिएको छ भने भिसाको अवधि बढाएर बस्दा प्रति महिना ५० रियालको बिमा गर्नुपर्ने बताइएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ६ : ५६ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८