विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी « Khabarhub

विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ। अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ।

अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ। अडानीले आरोप अस्वीकार गर्दै आएका छन्। संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन्।

फोब्र्सको अर्बपतिहरुको सूची अनुसार अडानी अहिले विश्वको १५औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति ७४ दशमलब ७ अर्ब डलर छ। गत हप्ता उनी सूचीको तेस्रो स्थानमा थिए।

अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँछन्। प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ।

लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको थियो।

अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत साता एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो। तर, समूहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको थियो।

ब्लुमबर्गका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो। गत साता पनि अडानी समूहका फर्महरुले करिब ५० अर्ब डलर गुमाएका थिए।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : १६ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग