कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि छलफल गर्ने « Khabarhub

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि छलफल गर्ने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल तथा सत्ता गठबन्धनका अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको बैठकले विपक्षी गठबन्धनमा रहेको नेकपा (एकीृकत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा तथा सत्तागठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय भएको जानकारी दिए । उनले पार्टीले राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी समेत गरिरहेको बताए। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका यही माघ २३ मा हुँदैछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १२ : ४९ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय