च्याउ बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी  « Khabarhub

च्याउ बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएका हुन् । 

बाह्रैमहिना च्याउ उत्पादन गर्दै आएका उनले फार्म सञ्चालनका लागि सात लाख लगानी गरेका छन् । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । 

‘कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ’, उनले भने, ‘उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।’ उनले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा एक सय ५० देखि दुई सय सम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उनको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ । 

‘च्याउ बिक्री गरी वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ’, उनले भने, ‘उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ ।’ रानाले कन्या र पिंकी जातको च्याउको उत्पादन गरिरहेका छन् । मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उनले बताए । 

 निजीस्तरबाट सञ्चालित कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उनले च्याउको बीउ आफै उत्पादन गर्छन् । च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् । हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाएका हुन् ।

‘प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइ निजामती सेवा प्रवेश हुन्छ’, कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चुडामणि जोशीले भने, ‘निजामति सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइमा वैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ ।’

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १ : ०२ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६