सेयर बजार २२.१२ अंकको गिरावट « Khabarhub

सेयर बजार २२.१२ अंकको गिरावट


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएको थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो । 

बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाइड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ३ : ४२ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी