अयोध्याको राम मन्दिर ट्रष्टलाई देवशीला हस्तान्तरण  « Khabarhub

अयोध्याको राम मन्दिर ट्रष्टलाई देवशीला हस्तान्तरण 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अयोध्या– भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ।

 जानकी मन्दिर जनकपुरका महन्थ राम तपेश्वर दास, पूर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् ।

अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।  गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो ।

 शिलालाई धनुषाबाट अयोध्या पुर्‍याई सकेको छ । भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिर पुर्‍याई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गर्दै औपचारिक रुपमा ग्रहण गरि बिहीबार राम मन्दिर ट्रष्टको जिम्मा लगाइएको हाे  ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : ०८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका