बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम « Khabarhub

बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि रूपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रुपमा बालविवाह रोकिएको छ । रूपन्देहीको मर्चवारी गाउँपालिकाले पनि बालविवाह तथा लैंगिक हिंसा अन्त्य गर्न र संस्थागत सुत्केरी दरमा वृद्धि गरी बालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बालिका बिमा कार्यक्रम लागू गरेको छ । 

विपन्न परिवारहरूको बसोबास रहेकाले शिक्षा दिनसमेत नसक्ने र छोरीलाई चाँडै विवाह गर्ने प्रचलन रहेको छ । अभिभावकलाई लोभमा पारेर छोरीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्ने उद्देश्यले बालिका बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाको दाबी छ । 

बालिकाहरूको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी जन्मनेबित्तिकै बिमा गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपलिका अध्यक्ष बालिका बिमा योजना कार्यक्रम लागू भई कार्यान्वयनको चरणमा छ । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सुरु गरेको अभियानमा हालसम्म ९१ जनाले सहभागिता जनाएका छन । 

ममर्चवारी गाउँपलिका अध्यक्ष गयाप्रसाद बरईले चालु आर्थिक वर्ष २०० देखि २५० जनालाई यस अभियानमा जोड्ने लक्ष्य लिएको बताए । यसका लागि ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बरईले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : ३२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका