पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन खेतीमा व्यस्त « Khabarhub

पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन खेतीमा व्यस्त


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त छन् । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उनी पोखरा महानगरपालिका-३३ बागमारामा रहेको फार्ममा पुग्छन् । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गरेका छन् ।

उनले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उनले बताए।

कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उनी सुनाउँछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देखे । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले बताए ।

त्यही समयमा जग्गा भाडामा लिएर बिरुवा लगाए । अहिले उनलाई सोचेजस्तै भएको छ । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्‍यो’, उनले भने, ‘अनि उहाँसँग सल्लाह भयो । चैतमा उनलाई भेट्नै गएँ अनि विष्टले भनेझै बिरुवा लगाएँ अनि राम्रो नि हुँदै गएको छ ।’ 

उनले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । ‘एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ’, उनले भने , ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउँछन् । उनले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताए ।

उनका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो  छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यवसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु’, उनले भने, ‘मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि ६० हजारको बिक्री गरेँ ।’ बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उनले सुनाए ।

बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ ।

पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उनको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उनले दुई कामदार राखे । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : ३६ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको