सुनकोशीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन « Khabarhub

सुनकोशीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म २, वडा ३ मा १, वडा ५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिए ।

सामुदायिक स्वास्थ्य एकाइमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछ । ओपिडी, बालस्वास्थ्य सेवालगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य एकाइमा उपलब्ध हुनेछ । सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सुविधा भने उपलब्ध नहुने हायुले बताए । प्रत्येक सामुदायिक स्वास्थ्य एकाइमा अहेव र अनमीको दरबन्दीसहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : ३७ बजे

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ