पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता « Khabarhub

पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कूल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको चार लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

आइपिओ जारी भएसँगै प्रालिका रूपमा रहेको पिएलओ पब्लिक कम्पनीमा रूपान्तरित भएर सर्वसाधारणमा सेयर जारी गर्न पुगेको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए । “आगामी आर्थिक वर्षमा कम्पनीले पाँच लाख कित्ता सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्नेछ”, उनले भने, “पब्लिक कम्पनीमा जाने ग्रामीण भेगको पहिलो लुब्रिकेन्ट कम्पनी पिएलओ भएको छ ।”

पूर्वाञ्चल ल्यूब आयलले विगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र पाँच हजारभन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । दुई लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको उल्लेख गरिएको छ । विदेशी लुब्रिकेन्टलाई विस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : १४ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा