नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने « Khabarhub

नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने बताएका छन् ।

सुर्खेतका पत्रकारहरूसँगका आज वीरेन्द्रनगरमा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकको सेवा सुविधाका लागि निःस्वार्थ ढङ्गबाट कर्तव्य पालना गर्ने जनाए।

“नागरिकको हितमा हुने सेवा प्रवाहका लागि कार्यालयको कार्यसम्पादन सक्षमता र प्रभावकारिता दुवै सुदृढ गर्छौँ”, प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, “यसमा पत्रकार जगत्को सकरात्मक भूमिका आवश्यक छ ।”

सुर्खेतमा चुनौतीका रूपमा देखापरेको लागुऔषध तथा अन्य सामाजिक अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । कानुनको परिधिमा रहेर पत्रकारलाई सूचना प्राप्तिमा सहज बनाउने भन्दै प्रजिअ सापकोटाले पत्रकारलाई सत्य, तथ्य समाचार सम्प्रेषण गरी नागरिकको अधिकार रक्षाका लागि सहयोग पु¥याउन आग्रह गरे ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार