मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र « Khabarhub

मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए।

एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ हजार ५ सय मलेसियन रिंगेट तलब र खाने बस्ने सुविधा रहेको भन्दै उनीहरूलाई विगत पाँच महिना अघिमात्र मलेसिया पठाएको थियो । त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएको उनीहरूले बताएका छन् ।

‘हामी यहाँ आएको पाँच महिना भयो सुरुको दुई महिना राम्रै भयो,’ गोपालले खबरहबसँग भने, अहिले तीन महिना भयो कोठामा बसेको न कम्पनीले काम दिन्छ न त खाना खाने पैसा नै दिन्छ, अहिले हामी भोक भोकै छौ ।’

‘चर्को ब्याजदर ऋण काढेर आएका हौ, हामीले परिवार पनि पाल्नुपर्छ,’अर्का पीडित दिलीप कुमार माझीले प्रश्न गरे, ‘ परिवारलाई के पठाउने,अब हामी यहाँ नबस्ने निर्णयमा पुगेका छौँ, हामीलाई चाँडो उद्धार गर्नुहोस् ।’

म्यानपावर कम्पनीलाई सम्पर्क गर्दा आज हुन्छ, भोलि हुन्छ, हामी अर्को कम्पनीमा सेटल गर्छौ भन्दै झुक्क्याउने गरेको पीडितहरूले बताएका छन् । पछिल्लो समय त म्यानपावरले फोन नउठाएको र उठाए पनि जे गर्छौ गर भन्दै धम्क्याउने गरेको उनीहरूले गुनासो पोखेका छन्।

मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुन्ने तर जवाफ नदिएरै फोन राख्ने गरेको बताएका छन् । प्रतिव्यक्ति २ लाख ७० हजार बुझाएर उनीहरू मलेसिया पुगेका हुन्।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरुमा हरिराम महरा चमार,गणेश कुमार यादव,शिव कुमार महतो, घुरन महतो, गोपाल शाह हुलवाई, अरुण पासवान, दिलीप कुमार माझी र सुबोद कुमार महरा रहेका छन् ।

पीडितहरू अलपत्र परेकोबारे खबरहबले ओशो म्यानपावरका प्रतिनिधिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : २० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको