कांग्रेस सत्तामा जानुपर्छ « Khabarhub

कांग्रेस सत्तामा जानुपर्छ

गठबन्धनले जनताको आशालाई भरोसामा परिणत गर्नुपर्छ


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल एक इमानदार र सक्षम नेता हुन्। यो कुरालाई उनले व्यवहारमै पुष्टि गर्दै आएका छन्। पार्टीको आन्तरिक चुनावमा महामन्त्रीमा पराजित भएपछि नैतिकताका आधारमा रक्षा मन्त्री पदबाट राजीनामा दिए पछाडि सामान्य जनमानसमा नेता रिजालप्रति सम्मान बढेको पाइन्छ। नेता रिजाल आफ्ना कुरा खरो र स्पष्ट ढङ्गले राख्नुहुन्छ। राख्ने नेता रिजालसँग नेकपा (एमाले)को सत्ता बहिर्गमन, राष्ट्रपतिको निर्वाचन, माओवादीसँगको सहकार्य र वर्तमान राजनीतिका विषयमा केन्द्रित भएर राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

रवि लामिछानेको प्रकरणमा आउने क्रममा तपाईंलगायत नेपाली कांग्रेसका डाक्टरको नागरिकताको सम्बन्धमा प्रश्न उठ्यो। त्यसमा तपाईं के भन्नु हुन्छ ?
यो कुरा ६–७ वर्ष अगाडि नै उठेपछि मैले शपथ खाएको ठाउँ प्रतिनिधि सभा हो। प्रतिनिधि सभामा गएर बोल्छु भनेर समय मागेको थिएँ। सभामुख त्यस बेला सुवास नेम्वाङ हुनुहुन्थ्यो। मैले आफ्नो कुराहरू राखेँ र त्यो विषयको अन्त्य भएको थियो। फेरि केही चिजलाई ढाक्नु लुकाउनु थियो होला के भयो के मलाई थाहा छैन। अमेरिका अस्थायी बसोबास गर्नेलाई पनि अमेरिकाको भिसा लाग्दैन। जान्नेको लागि पुग्ने गरी नै मैले कुरा राखेको हुँ। तर यो विषयमा बहस गर्न म चाहन्न। अमेरिकामा तीन वर्ष उपप्राध्यापकको रूपमा कार्य गरेको छु। मलाई अमेरिका बस्न चाहँदा बस्ने विकल्प जहिले पनि थियो। त्यो विकल्प मलाई आवश्यक पनि छैन। त्यो विकल्पलाई त्यागेर म नेपालमा नै बस्ने हो र बसेको पनि छु।

राष्ट्रपतिको चुनावलाई यहाँले कसरी हेर्नु भएको छ ?
संविधानलाई कानुनी रूपमा पूर्ण बनाउने, यो संविधानलाई नयाँ बाटोमा लैजाने मान्छे रामचन्द्र पौडेल हो। सबै पक्षका रूपमा ध्यान दिने व्यक्तिको रूपमा उहाँलाई धेरैले चिनेका छन्। देशको विकासमा सक्षम व्यक्तित्व रहेको मान्छु। सुवास नेम्वाङ एक दक्ष चेतना भएको बुद्धिजीवी व्यक्ति हुनुहुन्छ। राष्ट्रपति निर्वाचन भनेको संविधानको पालना हो। यो प्रतिस्पर्धाको राजनीति भने पटकै होइन।

रामचन्द्र पौडेल राष्ट्रपति हुनुभयो भने कुनै दलको प्रयोगमा रहनु हुन्न भन्ने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ ?
रामचन्द्र पौडेल जीवनको यो बयमा अब राष्ट्रपति बनेपछि दलसँग सम्बन्ध टुट्छ। ८० वर्ष पुग्न थालेको नेता अनुकरणीय राजनीतिक पृष्ठभूमिमा नेपालको राजनीतिमा गरेको मान्छे हो। उहाँ राष्ट्रपति हुँदा पनि सम्पूर्ण नेता राष्ट्रले नै सम्झिरहने व्यक्ति हो। एक शालिन नेता, एक सीमा भित्र बन्ने, धेरै लोभ लालचको राजनीति नगरेको नेता, सिद्धान्तमा रहेर अगाडि बढेको व्यक्तित्व हो। बीपी कोइरालाको मेलमिलापको राजनीतिको बेला पनि उहाँलाई चित्त नबुझेको कुरामा बोल्नुभयो। उहाँ बीपी यस्तो कार्य गर्नु हुँदैन भन्ने मान्छे हो। बिपीसँग पनि बोल्न तयार भएको नेता हो। सत्यको पक्षमा खडा हुने व्यक्ति हो। राष्ट्रपति बनेर कसैको स्वार्थको लागि काम गर्नुहुन्छ भनेर सोच्नु एक गलत कार्य हो।

माओवादी सँगको सत्ता सहकार्यमा कांग्रेस अब कसरी अगाडि बढ्छ ?
मलाई एउटा सुविधा छ, अहिले म कुनै सत्तामा छैन। म भन्दा कम उमेरका र मलाई भन्दा बढी पत्याएका नेता नेतृत्वमा हुनुहुन्छ। देशको राजनीतिमा कांग्रेस र एमालेको निराशा विकल्पको खोजी मधेशको राजनीतिलाई मनमा राखेर राजनीति गरिरहेका पक्ष .तथा दल उदाएको बेलामा राम्रो कार्य गर्छु भनेर तल्लीन भएर लागि पर्नु जरुरी छ। अब जुन किसिमको नेतृत्व हुनुपर्ने हो त्यो चाहिँ उहाँहरूलाई होइन जस्तो भान भएको छ। यो विषयमा म भन्दा १० वर्ष जेठा नेताहरूलाई दोष लगाउँदिन। आम रूपमा देश हाँक्छु तथा देशमा परिवर्तन गर्न सोच राखेको नेताहरूले सोच्नुपर्ने विषय हो। बोलिले होइन काम गरेर देखाउनुपर्ने समय आएको छ। जनताको आशालाई भरोसामा परिणत गर्नुपर्छ।

आठ दलीय गठबन्धनको सत्ता समीकरण बन्छ भनेर जनताले बुझ्दा हुन्छ ?
यो अवश्य नै बन्छ। एक हिसाबले बनिसकेको छ। यसमा नेपाली कांग्रेस सत्तामा जानुपर्छ भन्ने मेरो भनाइ हो। प्रधानमन्त्रीले सत्तामा कसलाई मिलाउनु हुन्छ भन्ने कुरा हो। कांग्रेस सरकारमा सहभागी हुनुपर्छ।

तपाईंलाई यो गठबन्धनको नेतृत्वमा राजनीति सकारात्मक ढंगले अगाडि बढ्छ भन्ने लाग्छ ?
यो देशले चाँडै मुक्ति पाउँदैन। अझ धेरै असहजता आउँछ। हामीले आफै गर्ने काम पनि गरेका छैनौं। अघिल्लो चुनाव भन्दा अगाडिको सरकारले दुई सय ७० अर्बको पुँजीगत खर्च गरेको थियो। त्यो मार्का यो पाँच वर्षको अवधिमा कहिल्यै पनि पुग्न सकेन। अर्थतन्त्र धेरै अप्ठ्यारोमा छ। अहिले सुधारको बाटोमा नगई समस्या थपिएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १० : ०५ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल