प्रतियोगितामा सहभागी हुन कराँते खेलाडी श्रीलंका प्रस्थान | Khabarhub Khabarhub

प्रतियोगितामा सहभागी हुन कराँते खेलाडी श्रीलंका प्रस्थान


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भैरहवा – तेस्रो अन्तर्राष्ट्रिय  खुल्ला कराँते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराँते खेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन्।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराँते प्रतियोगिताको लागि वादोरियो कराँते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे ।्र

कार्यक्रममा विशिष्ट अतिथि नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केशीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौतमबद्धको देश भनेर चिनाउने कराँते खेलाडीलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

बिदाइ कार्यक्रममा खेलाडीलाई बिदाइ शुभकामना दिँदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले  नेपाली खेलाडीहरू ज्हिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ११ : १० बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु