बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने « Khabarhub

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धरान –  धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ । शनिबार उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

एभिनियरको जितमा खेलको ४५औँ मिनेटमा डिम्बाले १ गोल गरे । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो । मोरङका सुजन चौधरीले ८५औँ मिनेटमा आत्मघाती गोल गरे।

आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका छन् । शारीरिकरूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन । खेलको २२औँ मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके ।

मोरङका गोलकिपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौँ प्रहार विफल पारिदिए । खेलको १०औँ मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए । खेलको ३०औँ मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए । दोस्रो हाफको ३९औँ मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए । भिनियरका खेलाडीहरूले पनि पटकपटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : ५७ बजे

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य