साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन | Khabarhub Khabarhub

साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए। सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा विज्ञ बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ पनि सदस्य रहेका छन्,भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

मन्त्रालयमा एक कार्यक्रम गरी आज कार्यदललाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यदललाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय लगातार साइबर सुरक्षामाथि खतरा उत्पन्न हुन थालेपछि मन्त्रालय कानून र नीति निर्माणमा जुटेको उल्लेख गरे । उनले त्यसको तयारीका लागि कार्यदललाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको बताए ।

निर्माणमा भएको सबै प्रविधिको नेपालमा प्रयोग गरिए पनि यसको उचित प्रयोग, व्यवस्थापन र नियमनमा नीति नबनाउँदा समस्या आएकाले साइबर सुरक्षा अहिले राज्यको प्राथमिकतामा रहेको मन्त्री शर्माले बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १० : २८ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।