लागुऔषधसहित ७ जना पक्राउ « Khabarhub

लागुऔषधसहित ७ जना पक्राउ


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको कन्काई नगरपालिका-३ कोटिहोमबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र शिवसताक्षी नगरपालिका-८ शित्तल चोक बस्ने २६ वर्षीय मदन विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका(२ बस्ने २० वर्षीय शिव शंकर यादव रहेका छन् ।

लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १० : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको