घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत | Khabarhub Khabarhub

घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित हासिल गरेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलबिरुद्ध सिटीले ४–१ को फराकिलो जीत निकालेको हो ।

घरेलु मैदानमा सिटीबिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्‍यो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि खेल ३–१ ले अघि बढ्यो र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीका लागि ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेका थिए।

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : १४ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’