शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव | Khabarhub Khabarhub

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका सैनिक सत्ता , धार्मिक अतिवादी सत्ता र गरिबी समस्याका मुख्य कारण बनेका छन्। रुस र युक्रेन युद्ध आप्रवासी समस्या थपिनुको एउटा मुख्य कारण बनेको छ। यसरी आप्रवासीको केन्द्र संसारका अन्य देश झैँ नेदरल्यान्ड्स पनि हो।

कडा सुरक्षा र थुप्रै ग्याङबाट बच्दै त्यहाँ पुगेकाहरू अन्तिममा जहाजको सहारा समेत लिन पुग्छन्। देश प्रवेश गरेपछि जे त होला भन्ने मनसायका साथ धेरै जना त्यहाँ पुगेका छन्। यसै भीडमा ६ वर्षीय बालक सलहार र उनकी १९ वर्षीय आमा अस्टर पनि छन्। इरिट्रियाबाट रुवान्डा पुगेपछि उनको छोराको जन्म भएको हो।

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका सैनिक सत्ता , धार्मिक अतिवादी सत्ता र गरिबी समस्याका मुख्य कारण बनेका छन्।

‘यहाँ सबै ठिक छ। म यहीँ नेदरल्यान्ड्समा ठिक छु। त्यसपछि डच भाषा सिक्छु। त्यहाँ म सहजै काम पाउन सक्छु,’ उनले भनिन्। त्यसरी मानिस ओसार्ने कुरामा सिज्ला ओरीजा सबैभन्दा अगाडि छ। ओरिजाले एक पटकमा ३ हजारसम्म यात्रु ओसार्न सक्छ। तर, यसले पछिल्लो ६ महिनामा यसको सामान्य रुटको रूपमा रहेको इस्टोनीयाको राजधानी तालीनानदेखि फिनल्यान्डको राजधानी हेल्सिन्कीसम्म मान्छे ओसार्ने काम गर्न छाडेको छ। यो तैरी रहेको छ।

९ सय शरणार्थीको आकाङ्क्षी आर्मस्ड्रमको बाहिर बसी रहेका छन्। त्यस जहाजलाई राखिने जर्मन सिका नजिकैको पानीको बहाव बढी भएको तथा खराब अवस्था रहेको कारण आलोचना भइरहेको छ। त्यहाँ नेदरल्यान्ड्स सरकार र बेलायती सरकारले केही थप सुविधाको प्रयास गरिरहेको छ।

‘म यही बस्न चाहन्छु,’, जाराले भनिन्। उनी पहिलो श्रीमानले मार्न खोजेपछि बचेर चाँद छाडेर त्यहाँ गएकी हुन्। ‘थुप्रै क्याम्पमा कोठा सेयर गरेर चार या पाँच जना बस्ने गरेका छन्। यहाँको अवस्था यस्तो छैन। डुङ्गाको अवस्था राम्रो छ,’ उनले भनिन्।

सेन्ट्रल एजेन्सी फर द रिसिप्न अफ एसलम सिकर्स (सीओए) डच सरकारले आप्रवासीका सहयोगका लागि तयार गरेको एउटा निकाय हो। त्यसै निकायको यो एउटा शाखा हो। आप्रवासीलाई सानदारको जीवन सुविधा दिएर त्यहाँ राखिएको छ।

अन्तबाट त्यहाँ पुग्ने पाहुनाका लागि स्वागत गर्न तम्तयार भएर बस्ने मध्येकी एक साजा हुन्। त्यस समूहमा सात फरक पृष्ठभूमिका व्यक्ति छन्। अझ भनौँ यिनीहरूको पहिलो घर पनि फरक स्थानमा हो। कोही सिरियाबाट आएका छन्। कोही पाकिस्तान तथा कोही टर्कीबाट आएका हुन्। यी सबै हिंसा र धार्मिक अतिवादीको सिकार भएका हुन्।

सेन्ट्रल एजेन्सी फर द रिसिप्न अफ एसलम सिकर्स (सीओए) डच सरकारले आप्रवासीका सहयोगका लागि तयार गरेको एउटा निकाय हो। त्यसै निकायको यो एउटा शाखा हो। आप्रवासीलाई सानदारको जीवन सुविधा दिएर त्यहाँ राखिएको छ।

रेस्टुरेन्ट, साउन र स्विमिङ पुल लगायत सबै कुराले त्यो स्थान पूर्ण छ। सभा हल, आकर्षक बोर्ड, तथा राम्रो कुर्सी त्यहाँ डच भाषा सिकाउनका लागि प्रयोग हुन्छ। त्यसै स्थानमा मानव अधिकार तथा लैङ्गिक समानताका बारेमा पनि छलफल चलाइने छ।

यसका लागि डच सरकारले प्रत्येक दिन लाखौँ युरो खर्च गरिरहेको छ। बेलायतबाट पनि आप्रवासी र शरणार्थीको चाहना राख्ने जहाज चढेर त्यहाँ पुग्ने चलन छ। यसलाई व्यवस्थित बनाउन सीओएका गाइड रोनाल्ड स्मलवर्ग सरकारसँग कुरा भइरहेको बताउँछन्। ‘यो महंगो विकल्प हो। तर, यो मानिसका लागि उपयोगी साबित भइरहेको छ। जहाज भित्र नै मानिसलाई राख्दा यसले आवासको समस्या हल गराउँछ । थोरै समयको संकट पनि यसले टार्छ,’ रोनाल्डले भने।

जहाजको वरपर भेटिएका हरेक व्यक्ति यत्ति धेरै सफा भएको स्थानमा आफूहरू बस्न पाएकोमा गर्वको महसुस गर्छन्। सिरियामा एलोपेबाट त्यहाँ पुगेका अनास आफू डच हुन पाएकोमा भाग्यमानी महसुस गर्छन्। सबै जना उत्तिकै खुसी भने छैनन्।

रेस्टुरेन्ट, साउन र स्विमिङ पुल लगायत सबै कुराले त्यो स्थान पूर्ण छ। सभा हल, आकर्षक बोर्ड, तथा राम्रो कुर्सी त्यहाँ डच भाषा सिकाउनका लागि प्रयोग हुन्छ।

‘कहिले कहीँ त यत्तिकै सबै कुरा सिद्धिएर ज्यान जाने हो कि भन्ने चिन्ता पनि लाग्छ’, एक महिलाले भनिन्, ‘यहाँ बस्नुको महसुस मैले गरीरहेको छु। मैले स्वच्छ हावा नभएको पनि महसुस गरेको छु। यहाँ झ्याल खोल्न समेत पाइएको छैन।’

त्यहाँको स्थान छाड्न सक्ने छन्। तर यसका लागि उनीहरूले चिकित्सकको अनुमति लिनु पर्ने छ। कुनै आप्रवासी त्यहाँबाट बाहिर निस्कन नपाउँदा आजित छन्।
अवकाश प्राप्त बस चालक गेरी पनि त्यही भेटिन्छिन्। ‘धेरै देशले आप्रवासीलाई धेरै महत्त्व दिएको कुरा उठाइन्छ। तर मलाई त्यस्तो लाग्दैन। यो एउटा गम्भीर समस्या हो। यसलाई समाधान गर्नका लागि पर्न पाएकोमा खुसी लागेको छ।’

अहिले सिरियाको युद्ध र पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण धेरै देशले शरणार्थी समस्याको सामना गरिरहेका छन्। यसमा नेदरल्यान्ड्स पनि एक हो। तर, नेदरल्यान्ड्सले समस्याको रूपमा भन्दा पनि बढी अन्य देशमा दुःख पाएकोको जीवन उद्धारको विषयको रूपमा यसलाई लिएको छ।

सिल्जामा युक्रेनको कुनै परिवार छैनन्। स्थानीयले पनि उनीहरूलाई धेरै प्राथमिकतामा राखेका छैनन्। उनीहरू आउने बित्तिकै काम गर्न सक्षम हुनेछन् भने अन्यले कम्तीमा ६ महिनाको प्रतीक्षा गर्नुपर्ने छ।

डच सरकारले जहाजको प्रयोग सफल भएको जनाएको छ। तर यो नै अन्तिम विकल्प भने होइन। उनीहरूले तीन महिनाका लागि अन्य कुनै राम्रो विकल्पको खोजी गर्ने सोच बनाएका छन्।

अहिले सिरियाको युद्ध र पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण धेरै देशले शरणार्थी समस्याको सामना गरिरहेका छन्। यसमा नेदरल्यान्ड्स पनि एक हो।

अहिले युरोपेली देशमा निश्चित कुराको बहस चल्ने गरेको छ। पछिल्लो दशकमा सबै भन्दा धेरै बहसको विषय जलवायु परिवर्तन भएको छ। त्योसँगै मानव अधिकारको विषय चर्को रूपमा उठेको छ। तेस्रो विश्वमा रहेको मानव अधिकार हननका समस्यामा युरोपेली देशको भूमिकाका बारेमा पनि पछिल्लो समय बहस भएका छन्।

कोभिड महामारी पछिको अर्थतन्त्र संसारकै बहसको विषय हो। यस बहसमा कोभिडले थला पारेको र जनजीवन नै सङ्कटमा परेको देशका विषयमा छलफल हुने नै भयो। यो सँगै स्वास्थ्य संरचनाको बहस युरोप मात्र होइन, संसारकै हो।

बेलायतको हकमा शरणार्थीका लागि निवेदन दिनेमा सबै भन्दा धेरै अफगानिस्तान, सोमालिया र इराकका छन्।

रुसले युक्रेनमा आक्रमण गरे पछिको धेरै देशमा ऊर्जा संकट र खाद्यान्न अभावको समस्या थपियो। यी यावत बहससँगै शरणार्थी समस्या अहिले युरोपका लागि महत्त्वपूर्ण छलफलको विषय बनेको छ।

बेलायतको हकमा शरणार्थीका लागि निवेदन दिनेमा सबै भन्दा धेरै अफगानिस्तान, सोमालिया र इराकका छन्। यसरी बेलायतमा शरणार्थीको आवेदन दिनेमा सन् २०२२ मा धेरै जसो २० वर्ष भन्दा कम उमेरका छन्। त्यो भन्दा अघिल्लो वर्ष सिरियाका सबै भन्दा धेरै जना बेलायत पुगेका थिए।

युरोपले समस्या महसुस गरेको आप्रवासी र शरणार्थी समस्यामा नेदरल्यान्ड्सको भूमिका भने प्रशंसनीय नै छ। स्रोत : बिबिसी, एमनेस्टी

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे

शोकमा डुब्यो शिक्षण अस्पताल परिसर, आफन्तको रुवाबासी (तस्बिरहरू)

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित

बीआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बीआरआईको सञ्चालन

बुद्धदर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी

बेइजिङ– उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन