वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर | Khabarhub Khabarhub

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कावासोती – चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो ।

एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको थालिएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जङ्गल पसेपछि गैँडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए ।

होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई गाडीको प्रयोग गरेर यही चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिकरूपमा जङ्गल सफारीको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरको जङ्गलको मध्यभागमा सुरु भएको जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण सावित हुने जङ्गल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउँछन् ।

जङ्गल सफारीका क्रममा तीन घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैँडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जङ्गल सफारी गर्दा धेरैको सङ्ख्यामा एकसिङ्गे गैँडामात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै सङ्ख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जङ्गल सफारी गर्नेका लागि यो मार्ग निकै महत्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउँछन् । वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ ।

पहिलो दिनकै सफारीमा १४ सम्म गैँडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको सङ्ख्या बढाउने तयारीमा जुटेका छन् । अहिले भएको दुईवटा जिप यस क्षेत्रका होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन् । जिप खरिदमात्रै होइन सफारीबाट आएको आम्दानीसमेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जङ्गल सफारीको सुरुआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ । यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा स्थापना गरिएको २२ होमस्टे सञ्चालनमा छन् भने साना र ठूला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटल सञ्चालनमा आएका छन् ।

गैँडालगायतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेसँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ । नेपालकै दोस्रो लामो जङ्गल सफारीको मार्ग दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जङ्गलको यात्रा गर्दा धेरै सङ्ख्यामा गैँडासहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडासहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ३८ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्