मकर जितुमाया सुरी हाइड्रोको आईपीओ खुल्यो | Khabarhub Khabarhub

मकर जितुमाया सुरी हाइड्रोको आईपीओ खुल्यो


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुटाइएको छ  भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ । यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ५५ बजे

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने