अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त « Khabarhub

अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्कान्सास – संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ ।

अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् ।

ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए ।

अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ । राष्ट्रिय मौसम सेवाले भारी मेघगर्जन र हुरीका साथ असिनापानी पर्ने पूर्वानुमान गरेको छ । पेन्सिल्भेनिया र न्युयोर्कका केही भागसहित पूर्वोत्तर क्षेत्रमा आँधी र असिनाको जोखिम रहेको भन्दै उक्त सेवाले सचेत रहन आग्रह गरेको छ ।

अर्कान्सास राज्यका गभर्नर साराह हकाबी स्यान्डर्सले राज्यमा आपत्कालीन अवस्थाको घोषणा गर्दै राष्ट्रिय सुरक्षार्मीलाई पुनःस्थापना तथा सहयताका प्रयासमा सक्रिय हुन निर्देशन दिएका छन् । उनले राष्ट्रपति जो बाइडेनसँग आँधीले गरेको विनाशबारे छलफल गरेका छन् । राष्ट्रपतिले आँधी प्रभावित क्षेत्रमा सङ्घीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुरेका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिएका थिए । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन उनले भनेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ०३ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका