बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय « Khabarhub

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन्।

यसअघिको कांग्रेस बैठकले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनले दुई क्षेत्रमा कांग्रेसका र बारा २ मा उपेन्द्र सत्ता गठबन्धन दलका साझा उम्मेदवार रहेको उनले बताए । यद्यपि सत्ता गठबन्धनको अर्को दल जनमत पार्टीबाट शिवचन्द्र कुशवाह पनि बारा २ बाट उम्मेदवार बनेका छन्। हालै मात्र आफूले भनेको मन्त्रालय नभएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको छ। तर गठबन्धन छोडेकोबारे कुनै जानकारी गराएको छैन।

एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। बारा २ मा एमालेले उम्मेदवार टुंगो लगाउन बाँकी छ।

रास्वपाले चितवन २ मा सभापति रवि लामिछाने, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई अघि सारेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ३९ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य