‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’ « Khabarhub

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी- प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा उनले व्यक्ति व्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए ।

परिष्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिए । आगामी जेठ २ र ३ गते हुने समाजको अधिवेशनमा सबै क्षेत्र समेटेर जिल्लाबाट प्रतिनिधित्व गराउन उनले आग्रह गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक, आर्थिक, राजनीतिक एवं राष्ट्रिय महत्त्वका विषयमा समाजले स्पष्ट धारणा तयार गरी लिखितरूपमा पनि पार्टीलाई दिनुपर्ने बताए ।

समाजका कास्की अध्यक्ष डा वीरबहादुर कार्कीले पछिल्ला समयमा कांग्रेसमा योगदान गर्ने ओझेलमा पर्ने गरेको बताउँदै योगदान तथा क्षमताको मूल्याङ्कन नगर्दा पार्टी सङ्गठन कमजोर बन्दै गएको बताए ।

उक्त अवसरमा समाजका केन्द्रीय सचिव डा वासुदेव भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सदस्य गङ्गाधर पराजुली, समाजका उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीम न्यौपाने, कोषाध्यक्ष ज्योतिबावु पौडेल लगायतले कांग्रेसलाई वैचारिकरूपमा प्रष्ट बनाउन समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ०० बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा