मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका « Khabarhub

मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति आशंका व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरुले मिटरब्याजका पीडकलाई उन्मुक्ति दिन खोजिएको आपत्ति पनि जनाएका छन् ।

बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानून बनाएर पीडितलाई न्याय दिइने बताए ।

त्यसपछि सांसदहरुले पीडिकलाई उन्मुक्ति दिन खोजिएको भन्दै पीडितबाट उजुरी लिएर तत्काल कारबाही प्रक्रिया थाल्नुपर्ने बताए ।

सांसदहरु रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए । देशका धेरै आयोग बनेका र ती आयोगका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनीहरुले आयोग बनाउने कुरा नै पीडकलाई उन्मुक्ति दिन खोजिएको आशंका गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : ५४ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ