दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका हुन् ।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ ।

प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ,’ उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै  खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।’

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ११ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही