दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

दक्ष जनशक्तिको उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका हुन् ।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ ।

प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ,’ उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै  खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।’

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ११ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्