भेनेजुएलामा भ्रष्टाचार अभियोगमा ४२ जना पक्राउ « Khabarhub

भेनेजुएलामा भ्रष्टाचार अभियोगमा ४२ जना पक्राउ


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काराकस – करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ ।

देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन् ।

गत महिनाको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिएका छन् ।

प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ । अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् ।

भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ ।रोआ वर्षौँदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारुढ दलका नेतालाई पनि छानबिनका निम्ति गिरफ्तार गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ५९ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको