भेनेजुएलामा भ्रष्टाचार अभियोगमा ४२ जना पक्राउ « Khabarhub

भेनेजुएलामा भ्रष्टाचार अभियोगमा ४२ जना पक्राउ


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काराकस – करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ ।

देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन् ।

गत महिनाको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिएका छन् ।

प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ । अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् ।

भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ ।रोआ वर्षौँदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारुढ दलका नेतालाई पनि छानबिनका निम्ति गिरफ्तार गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ५९ बजे

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै