फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने सुरेश लोहनीको छोरा २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो ।

उनीमाथि अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिएको आरोप लगाइएको छ । उनले फेसबुक समेत ह्याक गरी हैरानी दिएको र महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ५ : ४९ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक