जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन « Khabarhub

जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध प्रदर्शन गरेको छ ।

आज अभियानले अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुरस्थित दमकल चोकबाट र्‍याली निकालेको थियो । उक्त र्‍यालीमा सहभागीहरुले मुस्लिम आयोगको कार्यालयअगाडि पुगेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ’, ‘मुस्लिम आयोग खारेज गर’, ‘इस्लामिक अतिक्रमण बन्द गर’, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘हिन्दू एकता जिन्दावाद’, ‘समीम मियाँलाई कारवाही गर’, ‘नेपाललाई तालिबान बनाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

उक्त प्रदर्शनमा अभियानका अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको आरोप लगाए । उनले भने, ‘हिन्दूहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेको छ ।’

सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झूठो प्रेस विज्ञप्ति निकालेको आरोप लगाए । उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पुर्‍याएको छ ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ०७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील