जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन | Khabarhub Khabarhub

जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध प्रदर्शन गरेको छ ।

आज अभियानले अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुरस्थित दमकल चोकबाट र्‍याली निकालेको थियो । उक्त र्‍यालीमा सहभागीहरुले मुस्लिम आयोगको कार्यालयअगाडि पुगेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ’, ‘मुस्लिम आयोग खारेज गर’, ‘इस्लामिक अतिक्रमण बन्द गर’, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘हिन्दू एकता जिन्दावाद’, ‘समीम मियाँलाई कारवाही गर’, ‘नेपाललाई तालिबान बनाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

उक्त प्रदर्शनमा अभियानका अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको आरोप लगाए । उनले भने, ‘हिन्दूहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेको छ ।’

सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झूठो प्रेस विज्ञप्ति निकालेको आरोप लगाए । उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पुर्‍याएको छ ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ०७ बजे

बाँझो जग्गामा सामूहिक आलुखेती

खोटाङ– यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो

आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु

काठमाडौं– संघीय सरकारमातहतको खानेपानी मन्त्रालयमा भएको आगजनीबाट खानेपानीमन्त्री प्रदीप यादवको

जनकपुरस्थित मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी

२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’

काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्ष लामो प्रतीक्षापछि

नेपालका पाँच विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता 

सुर्खेत– नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन