राजस्थानसँग हैदराबाद ७२ रनले पराजित « Khabarhub

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।

यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजय भोगेको हैदराबाद तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : १३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर