कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल « Khabarhub

कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गरे ।

त्यस्तै, सामािजक विकासमन्त्री टेकराज पछाईंले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गरे । प्रदेश सरकार गठनको तीन महिनापछि सभामा पहिलो पटक दुई वटा विधेयक टेबुल गरिएका छन् ।

प्रदेशसभाको अर्को बैठक यही चैत २२ गते दिउँसो ३ बस्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ४२ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९