पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने « Khabarhub

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन विश्वविद्यालय विद्येयक निर्माण समिति बनेको छ । समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजिव गौतम ररहेका छन् । सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहनेगरी समिति बनाइएको हो ।

यस्तै डा मानबहादुर विश्वकर्मको संयोजकत्वमा पाँच सदस्यीय रैथाने विश्वविद्यालय विद्येयक तर्जुमा समिति गठन गरिएको छ । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका एक जना परिषद सदस्य रहेका छन् । सदस्य सचिव सांस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ । समितिलाई विद्येयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ ।

यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ । पर्यटन पवद्र्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको पर्यटन विश्वविद्यालय आवश्यक रहेको पर्यटनमन्त्री किरातीले बताए । यसका साथै मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकुल वैज्ञानिकिकरणका लागि रैथाने विश्वविद्यालय स्थापना गरिने मन्त्री किरातीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ४८ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान