पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने « Khabarhub

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन विश्वविद्यालय विद्येयक निर्माण समिति बनेको छ । समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजिव गौतम ररहेका छन् । सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहनेगरी समिति बनाइएको हो ।

यस्तै डा मानबहादुर विश्वकर्मको संयोजकत्वमा पाँच सदस्यीय रैथाने विश्वविद्यालय विद्येयक तर्जुमा समिति गठन गरिएको छ । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका एक जना परिषद सदस्य रहेका छन् । सदस्य सचिव सांस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ । समितिलाई विद्येयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ ।

यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ । पर्यटन पवद्र्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको पर्यटन विश्वविद्यालय आवश्यक रहेको पर्यटनमन्त्री किरातीले बताए । यसका साथै मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकुल वैज्ञानिकिकरणका लागि रैथाने विश्वविद्यालय स्थापना गरिने मन्त्री किरातीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ४८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको