उपराष्ट्रपतिद्वारा विष्णु महायज्ञको उद्घाटन « Khabarhub

उपराष्ट्रपतिद्वारा विष्णु महायज्ञको उद्घाटन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा आज सुरु भएको महायज्ञको आज उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए ।

उनले भने “यज्ञबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यज्ञ गर्नाले तनमन पवित्र हुने गर्दछ ।” उपराष्ट्रपति यादवले यमुना माईको ऐतिहासिक ठाउँमा पाइला टेक्दा आफूलाई गौरव महसुस भएको बताए ।

यमुनामाई गाउँपालिकाका प्रमुख मोहमद सउदको अध्यक्षतामा सम्पन्न भएको महायज्ञ उद्घाटन कार्यक्रममा उपप्रमुख अनुराधाकुमारी मिश्रसहित सबै वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ३२ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक