काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा « Khabarhub

काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जनरचट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । “प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जनरचट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ”, मौसमविद नगरकोटीले भने, “यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।”

काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा भएको छ । बिहान र साँझ केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ११ : ०२ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत