लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिए « Khabarhub

लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिए


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन्।

इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडे।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए।

लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा पुग्यो। तर, जेमी भार्डीले ३३औं मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो। र, पहिलो हाफ २–१ को अन्तरमा टुंगियो।

दोस्रो हाफको ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याईदिए। यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै १६औं स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै