लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिए « Khabarhub

लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिए


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन्।

इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडे।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए।

लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा पुग्यो। तर, जेमी भार्डीले ३३औं मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो। र, पहिलो हाफ २–१ को अन्तरमा टुंगियो।

दोस्रो हाफको ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याईदिए। यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै १६औं स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ३० बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही