बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान « Khabarhub

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८ को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए। ‘बाघले मान्छे मारेपछि अझैसम्म स्थानीयवासी त्रस्त छन्, फेरि बाघको हल्ला छ’, उनले भने, ‘त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।’ यही बैशाख ८ मा घाँस काट्न गएकी सोही वडाकी गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीयवासी त्रस्त छन् । 

‘पचुईँपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्’, स्थानीयवासी महेश विष्टले भने, ‘घटनापछि डराएका  स्थानीयवासी अझैसम्म सामान्य अवस्थामा आउन सकेका छैनन् ।’ घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि नसकेका उनले बताए । 

उक्त नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि गत चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।
पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दामा  त्रास बढेको हो । 

बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहे पनि अझैसम्म स्थानीयवासीमा बाघको त्रास कम हुन नसकेको वडानं ८ का अध्यक्ष बिसराम रानाले बताए।

‘गहुँ थ्रेसिङ गरेपछि भुसासमेत बाघको डरले त्यस क्षेत्रका बासिन्दाले ल्याउन सकेका छैनन्’, उनले भने, ‘रातपर्ने बित्तिकै स्थानीयवासी घर बाहिर निस्कन डराइरहेका छन् ।’ त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि राति भने  आवतजावत निकै कम भएको छ । 

बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा घना जंगल छैन तर  करिब दुई किलोमिटर क्षेत्रमा रहेको  घना झाडी भने सफा गर्ने तयारी गरिएको छ । ‘झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गर्ने तयारी गरेको छ’, वडाध्यक्ष रानाले भने, ‘यसबाट सो क्षेत्र खुल्ला हुन्छ । झाडी नभए बाघ पनि नबस्ने र स्थानीयवासीको डर कम हुनेछ ।’ 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : २४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका