उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई « Khabarhub

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन्। उनले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामनासमेत दिएका छन् ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना