मधेशमा वन मासिएको भन्दै संरक्षण अभियन्ताहरूको चिन्ता « Khabarhub

मधेशमा वन मासिएको भन्दै संरक्षण अभियन्ताहरूको चिन्ता


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेशमा वन मासिएको भन्दै वन संरक्षक अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्ला सत्रमा बोल्दै वक्ताहरूले वन संरक्षणको मुख्य चुनौती बन्दै गएको बताए ।

आज धनुषाको मिथिलामा भएको उक्त कार्यक्रममा वनका कर्मचारीको समेत मिलोमतोमा वनको दोहन भइरहेको अभियन्ताहरूले आरोप थियो ।
सामुदायिक वन उपभोक्ता माहासंघकी केन्द्रीय अध्यक्ष  भारती पाठकले प्राकृतिक स्रोतको मालिक जन्ता नै भएको तर  सामुदायिक अधिकार स्थापित हुन अझै समस्या बनिरहेको बताइन् ।

त्यस्तै सरोकारवालाहरूको बेवास्ताले वन विनासमा वृद्धि भएको बताउँदै सामुदायिक वन उपभोक्ता माहासंघका केन्द्रीय सदस्य विष्णुदेव महतोले चुरेसहित वन दोहनकै कारण मानवजीवनमा गम्भीर संकट सिर्जना बन्दै गएको धारणा व्यक्त गरे ।

सागरनाथ वन परियोजना अन्तर्गतको १३ हजार हेक्टर वन क्षेत्रसमेत राष्ट्रिय वनमा राखेर सरकारले बेइमानि गरेको वन विज्ञ सुजित कुमार झाले बताए । अफ्ठ्यारो ऐन, कानुनको कारण वन संरक्षणमा थप चुनौती थपिँदै गएको झाको भनाइ छ ।

पानीको खानी रहेको चुरेमा वन विनाशको कारण संकट उत्पन्न भइरहेको र भविष्यमा गम्भीर संकट सिर्जना हुनेतर्फ पनि वन संरक्षक अभियन्ताले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय कोषाध्यक्ष पार्वती गौतमले जैविक पारिस्थितिक प्रणालीको संरक्षण र वन संरक्षणमा सामुदायिक वन उपभोक्ता माहासंघले महत्त्वपूर्ण योगदान दिएको भन्दै अब सहि सदुपयोग गर्ने समय आएको बताइन् ।

‘अब हामीले वनको हरितलाइ उपभोग गर्न सक्नुपर्छ, उद्योग कलकारखाना तथा हरेक चिजलाई हरितयुक्त बनाउन सक्नुपर्छ,’ उनले भनिन् ।केन्द्रीय सचिव ठाकुर भण्डारीले सरकारले नै सामुदायिक वन उपभोक्तालाई अन्याय गरिरहेको बताए । सरकारले जनताको अधिकार खोसेर एकले अर्कोलाई दोष थुपारेर पन्छिन खोजेको सचिव भण्डारीको भनाइ छ ।

सामुदायिक वनलाई अधिकारसम्पन्न बनाउन राजनीतिक नेतृत्व बाधक भएको भन्दै सरकारले वनलाई ध्वस्त बनाउन उद्धृत भएको उनले  आरोप लगाए ।
मधेश प्रदेश सरकार नै सामुदायिक वनको विषयमा अलमल्लमा पर्दा केही समस्या रहेको प्रष्ट पार्दै प्रदेशसभा सदस्य सारदादेवी थापाले प्रदेश सरकारमा चुरे तथा वन संरक्षणमा विज्ञ नभएको स्वीकार गरिन् ।

खुल्ला सत्रमा सामुदायिक वन उपभोक्ता माहासंघ मधेश प्रदेशका अध्यक्ष सोम शर्मा, मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल र वन संरक्षक विभिन्न अभियन्ताले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय