मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को  कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गराई लिएरदिएको अभियोगपत्रमा उल्लेख छ ।

कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : १८ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण