सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार खुमलटारको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार खुमलटारको बराबरी


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब खुमलटार युथ क्लबसँग बराबरीमा रोकिएको छ । 

मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो ।  खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

दोश्रो हाफको ५०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारले २–१ को अग्रता बनायो भने ६८ औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै थ्री स्टार २३ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ भने खुमलटार १४ अंकका साथ १३ औं स्थानमा छ ।

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेललाई नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५१ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी