विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार « Khabarhub

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन्। यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो। यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो। योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताए।

सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म दुई सय ७३ घटनामा आठ सय दुई जनाको जीवितै उद्धार तथा तीन सय १७ शव निकालेको उनले जानकारी दिए। यसअघि सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई युएनडिपीको सहयोगमा बङ्गलादेशमा २०६९ वैशाखमा तीन महिने गोताखोर तालिम दिलाएको थियो।

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरुप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालयमा सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो। यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १० : ०३ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण