साइकल यात्रा र जिन्दगी उस्तै हो : उपसभामुख राना | Khabarhub Khabarhub

विश्व साइकल दिवस :

साइकल यात्रा र जिन्दगी उस्तै हो : उपसभामुख राना



म सामाजिक अभियान्ता हुँ। मेरो जिन्दगी नै साइकलबाट समाजको यात्रा गरेको छ। साइकल मेरो सारथि हो। अब आउँदै गरेको जेठ २० गते विश्व साइकल दिवस हामी मनाउँदै छौँ। म साइकल दिवस नभनी यसलाई स्वास्थ्य दिवस पनि भन्न चाहन्छु। किनभने साइकलले रोगहरूलाई घटाउने काम गर्दछ। मान्छेलाई आत्मबल दिने र कयौँ मान्छे डिप्रेसनमा परेका, लागूऔषधमा परेको युवाहरूलाई पनि साइकलले एक किसिमको प्रोत्साहन दिएको छ। त्यो खराब लतबाट पार भएको र एउटा सबल नागरिकको रूपमा आएका धेरै उदाहरणहरू छन्। केही मेरै बच्चा पनि समाजले तिरस्कार गरेपछि मैले साथमा राखेकी हुँ। जेलका बालबालिका मैले हुर्काउँदा एक किसिमको हिनताबोध हुने स्थिति थियो। तर जब उनीहरु साइकल चढेर हिँड्न सक्ने भए तब उनीहरु आफै खुशी भए।

साइकल चलाएर हिँड्दाको आत्मबलले कति जना त साइकल चलाएर नै रेसमा नै पहिलो, दोस्रो भएर कोही ब्रिटिस आर्मी पनि भइसकेका छन्। कोही साइकलको गाइड रहेका छन्। यसले बालबालिकालाई नयाँ खेलकुदको रूपमा राष्ट्रले लिइराखेको छ। अझ यसलाई प्रोत्साहन गरेर अगाडि बढाउनु आवश्यक छ।

हाम्रो जस्तो भूगोल छ, विभिन्न विकट ठाउँहरू छन्। जहाँ हामी साइकल कुदाएर जान्छौँ। बाटोहरू नजोडेको ठाउँमा पनि हामीले साइकल चलायौं भने चाहिँ हाम्रो दैनिक जीवन सहज हुन्छ।

अहिलेको हामी इन्डियासँग पेट्रोलियम पदार्थको लागि निर्भर छौँ। यसलाई पनि हामीले निर्भर हुनबाट बचाउन सक्छौँ। साइकल धेरै चलाउने हो भने आफ्नो आय आर्जनबाट पनि बचत गर्न सकिन्छ। सजिलै स्वस्थ तरिकाले जीवन यापन गर्न सकिन्छ।

अहिलेको जलवायु परिवर्तनले वातावरणलाई ध्वस्त बनाएको छ। वातावरणलाई संरक्षण गर्नलाई पनि साइकलको प्रयोग निकै राम्रो छ। स्वास्थ्यका हिसाबले मधुमेह हुनेले साइकल चलाउँदा राम्रो हुन्छ। साइकलले अन्य रोग प्रेसरदेखि लिएर मोटोपनासम्म घटाएर तन्दुरुस्त बनाउन मद्दत गर्छ।

म साइकल चलाउँदा दिनभरको योजना बनाउने अब के गर्ने भनी साइकललाई जीवनसँग दाँज्न चाहन्छु। किनभने साइकल चलाउँदा हामीले जति अगाडि बढ्दै जाँदा काहीँ खाल्टा होलान् काहीँ खुल्टी होला काहीँ उकालो होला ओरालो होला। जिन्दगी पनि त्यस्तै हो।

मेरो हरेक सामाजिक काम पनि साइकल प्रयोगमा आएका छ। म हरेक ठाउँमा साइकलमा हिँडेर आज यो ठाउँमा छु। मैले कतिपय सुरक्षासँग सम्बन्धित विषय ख्याल गर्नु पर्ने भएकाले साइकललाई अहिले निरन्तरता दिन सकिराखेको छैन। बाहिर हिँड्दा चढ्न नपाए पनि घरमा वरिपरि अहिले पनि साइकल चलाउने गर्छु।

सम्पूर्ण नेपालीले महिला दिदीबहिनी साइकल चढेर हिँड्ने हो भने आफ्नो काम सहज तरिकाबाट, स्वास्थ्य तरिकाबाट र जीवन साधारण तरिकाबाट बिताउन सकिन्छ। यसले आफ्नो स्वास्थ्यमा पनि राम्रो र सुन्दर हुन्छ।

सुन्दरता भनेको पाउडर, क्रिम लगाएर मात्र होइन जति हामी स्वास्थ्य हुन्छ भित्रबाट त्यति नै राम्रो हुन्छौँ। हामीले बढ्दो उमेरको चाउरीपना पनि घटाउन सक्छौँ। जस्तो ६० वर्ष देखिनु पर्ने महिलाहरू ५० वर्ष देखिन्छ भने ५० वर्ष देखिने महिलाहरू ४० वर्षको देखिन्छ। त्यसैले साइकल हाम्रो जीवनमा चाहिने अपरिहार्य एउटा साधनको रूपमा हामीले यसलाई प्रयोग गर्नुपर्छ।

साइकल सोसाइटीले साइकल लेनको लागि पैरवी गरिराखेको छ। ललितपुरका मेयर चिरिबाबु महर्जन पनि आफै यसमा लाग्नुभएको छ। यसमा उहाँले हामीलाई साथ दिनुभएको छ।

हाम्रो अध्यक्ष रत्न शाक्य र रत्न श्रेष्ठ, डा. तारालाल श्रेष्ठसहित सबै टिम हामी एक भएर अगाडि बढेका छौं। म त्यहाँको संस्थापक सदस्य हुँ। साइकल सोसाइटीले धेरै नेपालीलाई बालबालिकादेखि लिएर सबैलाई देशका ठुलठुला नेतालाई पनि साइकल चलाउनुपर्छ भनेर आह्वान गर्दै आएको छ। साइकल दिवसको लागि शुभकामना दिँदै यसलाई भव्य र सभ्य बनाउनुपर्छ भन्छु। साइकल दिवसको अवसरमा कीर्तिपुरदेखि दरबारमार्गसम्म हुने साइकल यात्रा कार्यक्रममा सहभागी हुन म साइकल लिएर नै आउनेछु। तपाईं पनि आउनुहोस्। स्वास्थ्य जीवनका निम्ति साइकल चढौं। (उपसभामुख इन्दिरा रानासँग खबरहबले गरेको कुराकानीका आधारमा ) प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ११ : ४६ बजे

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी

काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी मन्तबीच वार्ता