अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द | Khabarhub Khabarhub

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजदेखि विद्यालय बन्द भएका हुन्।

सो समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई विद्यालय बन्द गर्न भनिएको हो।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि विद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ।

हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १० : ३२ बजे

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति

प्रतिनिधिसभा बैठक बस्दै,सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई